प्रिय क्रिसा
नयाँ सन्दर्भको मझेरीबाट उज्यालो आभा सहितको अभिवादन
समयले मोड्दै ल्याउँदा यो मोडमा आईपुगेर जीवन र जगतलाई बुझ्ने प्रयास गर्दैछौ । हुन त हाम्रा पूर्खाहरुले पनि यो जीवन र जगतलाई आफ्नै ढङगले नबुझेका अवश्य होइनन् तर समयको अन्तरालसंगै ती बुझाईहरु फरक हुदै गएकाछन् । बाँकी .............प्रिय क्रिसा
जीवन र जगतको मुलबाटोबाट जीवन जीउँनुको अभिवादन ।
हामीले समयको तीरैतीर जीन्दगीका गोरेटाहरु पछ्याउँदै जाँदा जीउँनुका आरोह अवरोहलाई पार गर्दै कुनै उदेश्यमा र्स्पर्श गर्न तम्सिन्छौ । तर ती उदेश्यहरु स्पर्श नगर्दै समय निरन्तर तन्किन्दै जान्छ जसरी रबरको पेटी तन्कन्छ । बाँकी .............
प्रिय क्रिसा
यो सुनौलो विहानीको नविन आगनबाट स्वागत छ ।
नयाँ युगको आगमनसंगै हामी जीवनको गहिराईमा डुब्ने प्रयास गरीरहेका छौ । हाम्रो जीवन यति महत्वपूर्ण रहेछ जो हिजो सम्म हामीले जीवन र जगतको कुरा बुझेका थिएनौ रहेछ । किनकी हामीले यो भावनाको,बिचारको,दर्शनको चौतारीमा बसेर मज्जाले छलफल गरेका थिएनौ रहेछ । बाँकी .............
प्रिय क्रिसा
गतिशल समयको प्रवाहसंगैको गतिमय जीवनको अनेक अभिवादन ।
मानिसको जीवन मात्र नभएर सम्पूर्ण प्राणी र वनास्पति जगतलाई नै समयको प्रवाह अथवा प्रारुपको रुपमा लिन सकिन्छ । किनकी सारा प्राणी र वनास्पति जगतलाई समयले निरन्तर डोर्याई रहेको हुन्छ । संसारमा समयले अनेकौं कुराको उत्पति वा सिर्जना गर्दछ र त्यसलाई लोप पनि गराउँदछ । बाँकी .............
प्रिय क्रिसा
जीवन जीउँनुका अनन्त रेखाहरुवाट रेखिय अभिवादन ।
जन्म लिएर मृत्यु नभईन्जेल सम्म हरेकले जीवनको,भाग्यको,कर्मको,सपनाको,यात्राको,गन्तब्यको अथवा जीवनसंग गासीएका सम्पूर्ण रेखाहरु लिएर आएका हुँदा रहेछौ । त्यो रेखा आजभोलि महसुस वा अनुभव गरीरहेको छु । सायद क्रिसा तिमीले पनि यी रेखाहरुको अनुभूति गरीरहेको छौ होला भन्ने मलाई लाग्दछ । बाँकी .............
प्रिय क्रिसा
उत्तरआधुनिक समयको सार्इवर धरातलबाट सार्इवरीय अभिवादन ।
जुनवेला हामीले सुनेका मात्र थियौं । र पाठ्यक्रमहरुमा पनि सार्इवरका बिषयवस्तुहरु समावेश थिएनन् । पत्रपत्रिका मार्फत समाचारहरु र लेख,रचनाहरु पढेको मात्र याद आलो छ । पढी सकेर सोच्थे त्यो एउटा चमत्कार हो । किनकी हाम्रो मस्तिष्कले ती कुराहरु बिश्लेषण गर्न सकिरहेको थिएन । बाँकी .............
प्रिय क्रिसा
वैचारीक पहाडको टाकुरीबाट न्यानो उषामय अभिवादन ।
उत्तरआधुनिक युगको सतहमा जीवनलाई आफ्नो आयतनबाट केहि नयाँ कामको लागि नढल्ने आस्था उभ्याईरहेका छौं । आस्थालाई बिश्वास र शाहसले लेपन गरेर मानवपयोगी वनाउँन अनेकौं जीवनहरुको लागि एउटा उदाहरण प्रस्तुत गर्नुछ । हरेक जीवनलाई वैचारीक चिन्तनको आभा आवश्यकता पर्दछ । बाँकी .............
प्रिय क्रिसा
आध्यात्मिक चेतनाको गहिरार्इबाट नविन सोच र ध्यानको अभिवादन ।
सदियौं देखि व्रम्हाण्डमा आध्यात्म चेतना अझ प्रगाढ हुँदै आएको छ । विकासले मानिसलाई कुल्चदै आएपछि उसको आध्यात्म चेतनालाई कुल्चन सकेको छैन । जीवनलाई सुखमय,शान्तिमय वनाउँनको लागि मानिसलाई आध्यात्मको शाहरा लिन पुग्दछ । बाँकी .............
प्रिय क्रिसा
विवशता र वाध्यताको दोसाँधबाट खुशी भैदिनुको अभिभादन ।
सरल जीवन जीउँने क्रममा समयले उत्तारचढाप एक्कासी ल्याईदिन्छ । र जीवनलाई थाहै नपाई वाध्यता र विवशताले छोपी दिन्छ । सायद कसैले पनि यस्तो अवस्था आउला भनेर सोचेका हुँदैनन् । जिन्दगी जीउँने क्रममा यस्ता परिस्थितिहरु अरु धेरै नआउलान् भन्न सकिन्न । बाँकी .............
प्रिय क्रिसा
नयाँ युगको शिखरबाट नविन पलहरुको अभिवादन ।
हामी अहिले एक्काईसौ सताब्दिको आँगनमा पाईला टेकेर नयाँ युगलाई स्वागत गरीरहेका छौ । नयाँ युगले अनेक नयाँ प्रविधी,विचार,दर्शन,मार्ग,विषयबस्तु मात्र नभएर मानवपयोगी सवै कुराहरु हाम्रो अगाडी थुपारी दिएकोछ । बाँकी .............
प्रिय क्रिसा
यथार्थ जीवनको अनेकौं पाटाहरुबाट जीवन जीउँन र भोग्नुको सुमधुर अभिवादन ।
हामीले जीवनलाई सोझो रुपले हेर्दा वा चिहाउँदा एउटै र उस्तै जस्तो देख्न पुग्दछौं । तर जव भोगाईका क्रमहरु,श्रृङखलाहरु सुरु हुन्छन् तव जीवनले भोग्नु पर्ने,देख्नु पर्ने,टेक्नु पर्ने मात्र नभएर केलाउँनु पर्ने यथार्थका पक्षहरु,पाटाहरु,विषयहरु रहेछन् । बाँकी .............
बाँकी भागहरु क्रमश.............
No comments:
Post a Comment