Feb 4, 2012

सम्पूर्ण नयाँ भिडियो भेटवार्ताहरु

सूर्य चेम्जोंगसंगको भिडियो भेटवार्ता कृष्णराज लावतीसंगको भिडियो भेटवार्ता

किशोर सम्वाहाम्फेसंगको भिडियो भेटवार्ता

प्रेम सुब्बासंगको भिडियो भेटवार्ता

भिष्मा चेम्जोंगसंगको भिडियो भेटवार्ता

श्रेयसी चेम्जोंगसंगको भिडियो भेटवार्ता

बिमला बखिम सुब्बासंगको भिडियो भेटवार्ता

Jan 15, 2012

पत्रसाहित्य श्रृङखला

1.पत्रसाहित्य भाग - १
प्रिय क्रिसा
नयाँ सन्दर्भको मझेरीबाट उज्यालो आभा सहितको अभिवादन
समयले मोड्दै ल्याउँदा यो मोडमा आईपुगेर जीवन जगतलाई बुझ्ने प्रयास गर्दैछौ हुन हाम्रा पूर्खाहरुले पनि यो जीवन जगतलाई आफ्नै ढङगले नबुझेका अवश्य होइनन् तर समयको अन्तरालसंगै ती बुझाईहरु फरक हुदै गएकाछन्   बाँकी .............
प्रिय क्रिसा
जीवन र जगतको मुलबाटोबाट जीवन जीउँनुको अभिवादन ।
हामीले समयको तीरैतीर जीन्दगीका गोरेटाहरु पछ्याउँदै जाँदा जीउँनुका आरोह अवरोहलाई पार गर्दै कुनै उदेश्यमा र्स्पर्श गर्न तम्सिन्छौ । तर ती उदेश्यहरु स्पर्श नगर्दै समय निरन्तर तन्किन्दै जान्छ जसरी रबरको पेटी तन्कन्छ । बाँकी .............

प्रिय क्रिसा
यो सुनौलो विहानीको नविन आगनबाट स्वागत छ ।
नयाँ युगको आगमनसंगै  हामी जीवनको गहिराईमा डुब्ने प्रयास गरीरहेका छौ हाम्रो जीवन यति महत्वपूर्ण रहेछ जो हिजो सम्म हामीले जीवन जगतको कुरा बुझेका थिएनौ रहेछ किनकी हामीले यो भावनाको,बिचारको,दर्शनको चौतारीमा बसेर मज्जाले छलफल गरेका थिएनौ रहेछ बाँकी .............
प्रिय क्रिसा
गतिशल समयको प्रवाहसंगैको गतिमय जीवनको अनेक अभिवादन ।
मानिसको जीवन मात्र नभएर सम्पूर्ण प्राणी र वनास्पति जगतलाई नै समयको प्रवाह अथवा प्रारुपको रुपमा लिन सकिन्छ । किनकी सारा प्राणी र वनास्पति जगतलाई समयले निरन्तर डोर्याई रहेको हुन्छ । संसारमा समयले अनेकौं कुराको उत्पति वा सिर्जना गर्दछ र त्यसलाई लोप पनि गराउँदछ । बाँकी .............
प्रिय क्रिसा
जीवन जीउँनुका अनन्त रेखाहरुवाट रेखिय अभिवादन ।
जन्म लिएर मृत्यु नभईन्जेल सम्म हरेकले जीवनको,भाग्यको,कर्मको,सपनाको,यात्राको,गन्तब्यको अथवा जीवनसंग गासीएका सम्पूर्ण रेखाहरु लिएर आएका हुँदा रहेछौ । त्यो रेखा आजभोलि महसुस वा अनुभव गरीरहेको छु । सायद क्रिसा तिमीले पनि यी रेखाहरुको अनुभूति गरीरहेको छौ होला भन्ने मलाई लाग्दछ । बाँकी .............
प्रिय क्रिसा
उत्तरआधुनिक समयको सार्इवर धरातलबाट सार्इवरीय अभिवादन ।
जुनवेला हामीले सुनेका मात्र थियौं । र पाठ्यक्रमहरुमा पनि सार्इवरका बिषयवस्तुहरु समावेश थिएनन् । पत्रपत्रिका मार्फत समाचारहरु र लेख,रचनाहरु पढेको मात्र याद आलो छ । पढी सकेर सोच्थे त्यो एउटा चमत्कार हो । किनकी हाम्रो मस्तिष्कले ती कुराहरु बिश्लेषण गर्न सकिरहेको थिएन । बाँकी .............
प्रिय क्रिसा
वैचारीक पहाडको टाकुरीबाट न्यानो उषामय अभिवादन ।
उत्तरआधुनिक युगको सतहमा जीवनलाई आफ्नो आयतनबाट केहि नयाँ कामको लागि नढल्ने आस्था उभ्याईरहेका छौं । आस्थालाई बिश्वास र शाहसले लेपन गरेर मानवपयोगी वनाउँन अनेकौं जीवनहरुको लागि एउटा उदाहरण प्रस्तुत गर्नुछ । हरेक जीवनलाई वैचारीक चिन्तनको आभा आवश्यकता पर्दछ । बाँकी .............
प्रिय क्रिसा
आध्यात्मिक चेतनाको गहिरार्इबाट नविन सोच र ध्यानको अभिवादन ।
सदियौं देखि व्रम्हाण्डमा आध्यात्म चेतना अझ प्रगाढ हुँदै आएको छ । विकासले मानिसलाई कुल्चदै आएपछि उसको आध्यात्म चेतनालाई कुल्चन सकेको छैन । जीवनलाई सुखमय,शान्तिमय वनाउँनको लागि मानिसलाई आध्यात्मको शाहरा लिन पुग्दछ । बाँकी .............
प्रिय क्रिसा
विवशता वाध्यताको दोसाँधबाट  खुशी भैदिनुको अभिभादन
सरल जीवन जीउँने क्रममा समयले उत्तारचढाप एक्कासी ल्याईदिन्छ जीवनलाई थाहै नपाई वाध्यता विवशताले छोपी दिन्छ सायद कसैले पनि यस्तो अवस्था आउला भनेर सोचेका हुँदैनन् जिन्दगी जीउँने क्रममा यस्ता परिस्थितिहरु अरु धेरै नआउलान् भन्न सकिन्न बाँकी .............
प्रिय क्रिसा
नयाँ युगको शिखरबाट नविन पलहरुको अभिवादन ।
हामी अहिले एक्काईसौ सताब्दिको आँगनमा पाईला टेकेर नयाँ युगलाई स्वागत गरीरहेका छौ । नयाँ युगले अनेक नयाँ प्रविधी,विचार,दर्शन,मार्ग,विषयबस्तु मात्र नभएर मानवपयोगी सवै कुराहरु हाम्रो अगाडी थुपारी दिएकोछ । बाँकी .............
प्रिय क्रिसा
यथार्थ जीवनको अनेकौं पाटाहरुबाट जीवन जीउँन र भोग्नुको सुमधुर अभिवादन ।
हामीले जीवनलाई सोझो रुपले हेर्दा वा चिहाउँदा एउटै उस्तै जस्तो देख्न पुग्दछौं तर जव भोगाईका क्रमहरु,श्रृङखलाहरु सुरु हुन्छन् तव जीवनले भोग्नु पर्ने,देख्नु पर्ने,टेक्नु पर्ने मात्र नभएर केलाउँनु पर्ने यथार्थका पक्षहरु,पाटाहरु,विषयहरु रहेछन् बाँकी .............
बाँकी भागहरु क्रमश.............