Aug 26, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको घोषणा-पत्र वि.सं. - २०६४




प्रस्तावना

विना इतिहासको न कुनै मुलुक हुन्छ नत मानव सभ्यता । इतिहासमा पाईला नटेकि कुनै पनि राष्ट्र वर्तमानसम्म आई पुगेको हुदैन । इतिहास विना वर्तमान अधुरो रहन्छ भने वर्तमान को सही सदुपयोग विना भविष्य अन्धकार रहन्छ । अहिलेको समय भनेको इतिहासलाई सम्मान गर्दै वर्तमानलाई सही ढंगबाट सदुपयोग गरी भविष्यको उज्वल मार्गको निर्माण कार्यमा जुट्नु हो । बाँकी.................

परिच्छेद - १

लिम्वुवानको सिमा पूर्वमा नेपालको ऐजन सिमाना मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला/अरुण नदी हुदै सप्तकोशी, उत्तरमा तिव्वत चीन, दक्षिणमा भारत पर्दछ । यस अन्तर्गत (१) ताप्लेजुङ (२) पानथर (३) इलाम (४) झापा (५) संखुवासभा (६) तेह्रथुम (७) धनकुटा (८) सुनसरी (९) मोरङ - गरी वर्तमान नेपालको जम्मा नौ जिल्लाहरु पर्दछन् । बाँकी.................

परिच्छेद - २

लिम्वुवान स्वायत्त राज्य सञ्चालनको लागि शक्ति पृथकिकरणको सिद्धान्त अनुरुप स्वायत्त राज्य स्तरीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुनेछन् ।

(१) व्यवस्थापिका

दुइ सदनात्मक व्यवस्थापिका हुनेछ । यसलाई तल्लो सभा र माथिल्लो सभा भनिन्छ । बाँकी.................

परिच्छेद - ३

१) आर्थिक व्यवस्था

आर्थिक निती मिश्रति तथा खुला अर्थतन्त्रको रुपमा रहनेछ । प्राकृतिक संसाधन एवं सम्पदाको उपयुक्त व्यवस्थापन, खनिज साधन, जडिबुटी, जलश्रोत आदिको प्रवर्द्धन गरी लिम्वुवानको अर्थतन्त्रलाई सम्वृद्ध तथा सुव्यवस्थित तुल्याउन छुर्पी, घिउ, ऊन तथा चिया, अलैची, अदुवा, सुन्तला जस्ता नगदेवाली तथा कृषिमा वैज्ञानिक सिप श्रोत साधन र प्रविधि अपनाई उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन, वजार व्यवस्थापन, निकासी पैठारी एवं कृषकहरुलाई सहयोग तथा प्रोत्साहन जस्ता निती अपनाई आय आर्जनको अवसर प्रदान गरी जीवनस्तरलाई माथि उठाउने निती रहनेछ । बाँकी.................

परिच्छेद - ४

(१) सामाजिक व्यवस्था

लिम्वुवान आदिवासी लिम्वुहरुको भूमि हो अर्थात लिम्वुहरु लिम्वुवानको भूमिपुत्रहरु हुन् । यस भूमिमा पहिले लिम्वुहरुको मात्र वसोवास रहेको पाईन्छ । समयान्तरमा विभिन्न चरणहरुदेखि लिएर वर्तमान अवस्थासम्म आईपुग्दा विविध जातजातियुत्त लिम्वुवान भएको छ । तसर्थ यी सवै जातजातिको लागि लिम्वुवान स्वायत्त राज्यले सवै क्षेत्रहरु जस्तो भाषा, संस्कृति, धर्म, शिक्षा, रोजगारी, व्यापार, व्यावसाय आदिमा समान दृष्टिकोणले व्यवहार गर्नेछ । बाँकी.................

परिच्छेद - ५

(१) मौलिक हक अधिकार सम्वन्धमा

लिम्वुवानमा वसोवास गर्ने जनताहरुको सर्वाङ्गीण विकास तथा राज्यमा सवै वर्ग, जाति, लिङ्ग, क्षेत्रको समान सहभागीता सम्वन्धमा कुनै पनि वाधा अड्चन अवरोध नहोस् भन्ने उद्देश्य रहनेछ । जनताको आधारभूत आवश्यकताहरु जस्तो गा“स, वास कपास, शिक्षा, स्वास्थ्य आदि सम्पूर्ण क्षेत्रमा कुनै वन्धनहरु रहने छैन । सवैलाई स्वतन्त्रतापूर्वक आफ्नो अधिकार उपभोग गर्ने मौलिक अधिकार प्रत्याभूत गरिनेछ । बाँकी.................

परिच्छेद - ६

(१) भूपु गोर्खा सैनिक सवाल

गोर्खा सैनिक सेवा क्षेत्र पनि लिम्वुवानको प्रमूख सवाल हो । वर्तमान तथा भूपु गोर्खा सैनिक सम्वन्धि विविध कार्यको लागि लिम्वुवान राज्यले ध्यानपूर्वक हेरिनुपर्छ भन्ने मान्यता राख्दछ । सैनिक सेवामा विश्वको कुनै पनि राष्ट्रमा पुगेर समयान्तरमा सम्वन्धित राष्ट्रसंग विविध सवालमा कुराकानी गर्नु पर्ने अवस्थामा लिम्वुवान राष्ट्रिय मोर्चाले पूर्ण समर्थन गर्नेछ । बाँकी.................

परिच्छेद -७

लिम्वुवान स्वायत्ततानै किन ?

लिम्वुवान ऐतिहासिक भूमि हो । यो कुनै नया नामाकरण होईन । यसको आफ्नै ऐतिहासिक महत्व तथा गौरव गाथा रहेको छ । यो भूमि विगतमा संघीय अवधारणा अनुरुप "दश लिम्वुवान सत्रथुम" अर्थात "लिम्वुवान स्वायत्त राज्य" को रुपमा शासन व्यवस्था सञ्चालित थियो । अहिले पनि यहा"का मानिसहरुले लिम्वुवानलाई सोही मुताविक पुकार्ने गर्छन । बाँकी.................

परिच्छेद - ८

(१) लिम्वुवान स्वायत्त राज्यको विशिष्टता

(क) लिम्वुवान तथा लिम्वु शव्द ऐतिहासिक महत्वको संवाहक भएकोले र लिम्वुवानको मौलिक विशेषताको रुपमा रहेको लिम्वु जातिको लिम्वुवान भूमिसंगको परम्परागत सम्वन्ध, नेपाल केन्द्रीय सरकारसंगको वि.सं.१८३१ को लालमोहर सम्झौता, लिम्वुवान भूमिको नाम लिम्वुवान, लिम्वुवान भित्रको दश लिम्वुवान सत्र थुमको मौलिकता अपरिवर्तित हुनेछ । बाँकी.................

परिच्छेद-९

लिम्वुवान स्वायत्त राज्य प्राप्ति कसरी ?

लिम्वुवान राष्ट्रिय मोर्चाले लिम्वुवान स्वायत्त राज्य सम्वन्धमा माथि उल्लेखित विषयहरुलाई महत्वकोसाथ अघि सारेको छ । लिम्वुवान स्वायत्त राज्य (लिस्वारा) को पूनस्थापना तथा सञ्चालनको लागि लिम्वुवान राष्ट्रिय मोर्चाले प्रजातान्त्रिक प्रगतिशील समाजवाद र राष्ट्रियता (प्रप्रसरा) को सिद्धान्त अवलम्वन गरी आसवस को मूलतत्व अपनाएको छ । बाँकी.................

लिम्वुवान राष्ट्रिय मोर्चाको
"मूल सिद्धान्त" -

"प्रजातान्त्रिक,प्रगतिशिल,समाजवाद र राष्ट्रियता" - (प्र.प्र.स.रा.)
"मूल तत्व" -

"आत्मनिर्णय समावेसी ,वहुदल,सङ्घीयवाद - (आसवस)"
लिम्वुवान राष्ट्रिय मोर्चा- जिन्दावाद

No comments: